खाेलाले बगाएर एक जनाकाे ज्यान गयाे

दैलेख | असार २९, २०८०

खाेलाले बगाएर एक जनाकाे ज्यान गयाे

दैलेख: दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । 

 

नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालको शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । 

 

रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्